ऐतिहासिक नगर साँखुमा तपाईंलाई स्वागत छ । साँखुको ऐतिहासिक नाम शंखरापुर हो । शंखको आकारबाट रोम शहर भन्दा पनि सात सय बर्ष अगाडि बनेको प्रमाणित वंशावली भएको यो नगर काठमाण्डौ उपत्यकाको एउटा पौराणिक नगर हो । इपाटोलको साँखु प्रबेशद्वार भौध्वाखा निरको पूर्वतिरको मन्दिर अष्तमातृका गणेश वाराही मन्दिर हो । दुईवटा पोखरी कलश पोखरीहरु हुन् जुन नयाँ दुलही भिङ्खयाइन्छ । शुभ साइतको लागी ढोकाको दायाँ र बायाँ राख्ने हाम्रा परम्परा हुन् । जुन प्राकृतिक रुपमा ३३ सय बर्ष अगाडि नै नगरको आर्किटेक्चर जोगदेव बज्राचार्यले डिजाइन् गरिएको थियो । ढोकाको शिरानीमा जुन शंख ठड्याइएको छ , त्यसबाट शंखरापुरको व्याख्या गर्दछ । त्यस्तै त्यहाँ राखिएका कलात्मक मूर्तिहरु साँखुका आराध्यदेवी बज्रयोगिनी , सिंहिनी र व्याघ्रिनी हुन् जसको अनुहार क्रमशः सिंह र बाघ सँग मिलेका छन् । अन्य तान्त्रिक देवी देवता र अष्टमंगल चिन्हहरु हुन् जुन हाम्रा पौराणिक ग्रंथहरुले व्याख्या गरेका कथासँग सम्बन्ध रहेको छ । साँखुको यस ध्वाखालाई भौमचा ध्वाखा भनिन्छ । चार मुल ढोका मध्ये यो भौध्वाखा एउता महत्वपूर्ण ढोका हो । इपाटाेल सडकको दायाँ बायाँ प...
Comments
Post a Comment