Skip to main content

साँखु र मूल सडक छेउछाउको सम्पदा परिचय

 

ऐतिहासिक नगर साँखुमा तपाईंलाई स्वागत छ । साँखुको ऐतिहासिक नाम शंखरापुर हो । शंखको आकारबाट रोम शहर भन्दा पनि सात सय बर्ष अगाडि बनेको प्रमाणित वंशावली भएको यो नगर काठमाण्डौ उपत्यकाको एउटा पौराणिक नगर हो ।

इपाटोलको साँखु प्रबेशद्वार भौध्वाखा निरको पूर्वतिरको मन्दिर अष्तमातृका गणेश वाराही मन्दिर हो । दुईवटा पोखरी कलश पोखरीहरु हुन् जुन नयाँ दुलही भिङ्खयाइन्छ । शुभ साइतको लागी ढोकाको दायाँ र बायाँ राख्ने हाम्रा परम्परा हुन् । जुन प्राकृतिक रुपमा ३३ सय बर्ष अगाडि नै नगरको आर्किटेक्चर जोगदेव बज्राचार्यले डिजाइन् गरिएको थियो । ढोकाको शिरानीमा जुन शंख ठड्याइएको छ, त्यसबाट शंखरापुरको व्याख्या गर्दछ । त्यस्तै त्यहाँ राखिएका कलात्मक मूर्तिहरु साँखुका आराध्यदेवी बज्रयोगिनी, सिंहिनी र व्याघ्रिनी हुन् जसको अनुहार क्रमशः सिंह र बाघ सँग मिलेका छन् । अन्य तान्त्रिक देवी देवता र अष्टमंगल चिन्हहरु हुन् जुन हाम्रा पौराणिक ग्रंथहरुले व्याख्या गरेका कथासँग सम्बन्ध रहेको छ । साँखुको यस ध्वाखालाई भौमचा ध्वाखा भनिन्छ । चार मुल ढोका मध्ये यो भौध्वाखा एउता महत्वपूर्ण ढोका हो ।

इपाटाेल

सडकको दायाँ बायाँ पाटीपौवा र राजकुलो मन्दिर मन्दिरहरु, डबली र पोखरीहरु यस साँखुको प्रमूख बिशेषताहरु हुन् । किनभने साँखुको वार्षिक आर्थिक कार्य योजनासँग प्रत्यक्ष रहेका छन् । जस्तै जिवित देवी कुमारी पूजा, तलेजू भवानी पूजा, पीठ पूजा, यन्या सेवा पूजा, गुलाँ बाजं पूजा, बुद्ध पूजा, माधव नारायण पूजा, शिवर्लिङ्ग पूजा, गणेश पूजा, गोरखनाथ पूजा आदि पूजा कार्यहरु छन् । साँखुमा साधुश्मशान पीठ पूजामा महा शिवरात्रीमा बोकाको टाउको, जिउदो सर्प, भंगेरा, माछा समेत आगोमा होम गर्नु पर्ने बलि पूजा कार्य पनि चलिरहेको जानकारी गराउँदछौं ।

साँखुमा बौद्ध र हिन्दु दुबै सम्प्रदाय भएकोले यहाँ वरको रुख र पीपलको रुखलाई देवी देवता सरह पूजा गर्ने भएकोले त्यसको समरक्षण गरिन्छन् । त्यसकारण पीपल र वरको रुखमुनी बिभिन्न देवी देवताका मूर्तिहरु र मन्दिरहरु भेतिन्छन् । साँखुमा आठवटा टोलहरु छन् (कलष्टर सेन्टर) जहाँ आठ वटा बिभिन्न मुद्राका फरक फरक गणेशका मूर्तिहरु टोल गणेशका रुपमा राखिएका छन् । प्रत्येक टोलका भजन मण्डलमा बाह्र महिनाका अलग अलग राग भजन सहित पंच भजन सहित पंच भजन आरती गाउने प्रचलन चलि आएको पाइन्छ ।

साँखु मल्लकालमा एउटा राजधानी शहरको रुपमा चिनिन्थ्यो । राजाले बज्रयोगिनी जात्रा, स्वस्थानी मेला र चलाखुमा लिङ्गो ठडाउने र ढाल्ने परम्परामा प्रत्यक्ष सहभागी हुनु पर्दथ्यो । शाहकाल पछि त्यो परम्परा तोडियो । साँखुको राजधानीको रुपमा इललाटोलमा परम्परागत राजधानी र राजगद्दीको प्रतिकलाई सुरक्षित राखिएको स्थान पुखुलाछी गा. वि. स. कार्यालय राखिएको छ । त्यस क्षेत्रमा लायकु डबली, जुगुफल्चा, सदावर्त फल्चा र कुमारी अष्टमातृका पीठ मन्दिर सडकको मूल बाटोको चौताराको बीचैमा स्थापना गरिएको छ । त्यस्तै शिब पार्वती भव्य मन्दिर बि.सं. १९९० सालको भुकम्पमा भत्केर हाल भग्नावशेषको रुपमा मूर्ति र सानो मन्दिरको रुपमा मात्र देख्न पाइन्छ  जहाँ बज्रयोगिनी देवीको मुल जात्राको अवसरमा राजाको बाहुलीबाट मरिकसी चढाइने परम्परा हाल खड्ग बोक्नेले कार्य गर्दै आइरहेको पाइन्छ ।

त्यस्तै पुखुलाछी टोल र इल्लाटोल एउटा जात्रा पालो पर्ने देवीको पाहुना घर रहेको छ । जहाँ चार बर्षको एकपटक बज्रयोगिनी देवी जात्रा पालोमा देवी देवता र स्वयम्भू चैत्य आठ दिनको लागी स्थापना गरिन्छन् । अठार दिनको भव्य जात्रा नेपालको शिरोमणी उग्रतारा बज्रयोगिनीको जात्रा मार्च र अप्रिलको पूणर््िामादेखि सुरु हुन्छ जुन साँखुको प्रमूख जात्रा महोत्सवको रुपमा चिनिन्छ ।


इल्लाटाेल

देवी पोखरीको रुपमा परिचित पोखरीको नामबाट पुखुलाछी टोल बनेको यस स्थानमा सोह्रखुट्टे शिव मन्दिर, अन्तर्लिङ्गेश्वर र लिङ्गेश्वर शिवलिङ्ग सहित टोल गणेश, भिमसेन मन्दिर सहित नात्येश्वर स्थान समेत रहेका छन् । भिमसेनको मन्दिर जिर्णोद्वार गरिएको देखिन्छ । पोखरीमा बर्षको एकपल्ट घण्टाकर्ण पर्वमा केटाकेटीहरु पौडी खेल्दै रमाइलो गर्ने परम्परा रहेको छ भने साँखुभरिका मानिसहरुले पोखरीको जलमा नुहाउने, मुख धुने आदि कार्य एक दिन गर्दछ ।

पुखुलाछी टाेल

यस ऐतिहासिक नगरमा हाल सम्म पनि परम्परागत टायलको छाना भएको घरहरु देख्न पाइन्छ भने कलात्मक झ्याल, खम्बा र काष्ठकला, मूर्तिकलाहरु देख्न सकिन्छ । साँखुमा कलात्मक झ्यालहरु मध्ये एक झ्याले घर, तीन झ्याले, पाँच झ्याले गरी सात, नौ र एघार झ्यालका कलात्मक परिघरहरु समेत देख्न पाइन्छ । कुनै कुनै कलात्मक झ्यालमा चरा, योमरी, फुलका बुट्टाहरु समेत कुँडिएका छन् । योमरी झ्याल धुंल्ला टोलको नासचुक भित्रको एउटा घरमा मात्र देखिएको छ जुन नेवारी परम्पराको योमरी पूर्णेसँग सम्बन्ध रहेको झ्याल काठमाण्डौं उपत्यकामा एउटै मात्र मौलिक झ्यालको रुपमा परिचित घर साँखुमा मात्र रहेको देखिन्छन् । नासचुकभित्र नात्यश्वर, घम्बोद्य, जलाद्य, स्वयम्भू चैत्य पंच बुद्ध सहित पंचतारा युतm कलात्मक प्रष्टर चैत्य हो । धुल्लाटोल गणेश साँखुको महत्वपूर्ण गणेश मानिन्छ किनभने कसैको केहि बस्तु हराएमा वा बिर्सिएमा त्यस गणेश देवतालाई पैसा चढाएमा भेट्टाउने वा सम्झाइदिने बिश्वास गर्दछन् । प्रत्येक टोलमा गणेश सहित सरस्वती, अन्नपूर्ण, भिमसेन, शिवलिङ्ग र चैत्यहरु भेटिन्छन् । धुंल्ला टोलको डबलि नजिकै दुईवटा अशोककालिन चैत्यहरु छन् । अर्को दुईवटा चलाखु टोलको जलद्रोणी सँगै इनार निर रहेका छन् र बाटोमा शंख आकारका मण्डलहरु ढुंगामा कुँडिएका छन् । 

धुंल्ला टोलको उत्तरतिर देवी ढोका रहेको छ । नेवारीमा द्यःध्वाखा भनिन्छ भने त्यहाँको डबलीलाई द्यःदबली भनिन्छ । जहाँ नया देवी नाच सिकाइएपछि १२ दिन सम्म नाच परिक्षण गराउनु पर्दछ । धुल्ला टोलमा पनि देवीको पाहुना घर स्थापना गरिएको छ । साँखुको एक मात्र ढुंगाको लोकेश्वरको मूर्ति रहेको लोकेश्वर पाटीमा छ । त्यहाँ बायाँ बज्रसल र दायाँ आर्यताराका मूर्तिहरु छन् । त्यस गल्ली भित्र चोकमा तीन चार स्थानमा चैत्य मन्दिर र बसुन्धरा देवीको आगन घर छन् । जहाँ वज्रयोगिनी देवीको पूजारीहरुको पूजा घरको रुपमा पूजा गर्दछन् । बसुन्धराको जात्रामा महत्वपूर्ण कार्य त्यस आगन घरबाट गरिन्छन् । सडकको दायाँबायाँ कलात्मक घर र मन्दिरहरु देख्न सकिन्छ ।

धुँल्ला टाेल

साँखुको महत्वपूर्ण मूलबाटाहरु फराकिला छन् साथै छेउमा राजकूलो हुनुपर्ने अनिवार्य छ । किनभने सरसफाइ गर्न, नुहाउन र अन्य कार्य सामाजिक कार्यको लागि परम्परागत पानीको श्रोत नै राजकुलो हुन् जुन तारातिर्थ नदीबाट बाँध बाँधेर पानी बगाइएका छन् । परम्परागत इनार र ढुङ्गेधारा तात्कालिन पानीका श्रोत हुन् जुन अद्दपी इनार र ढुङ्गेधारालाई काम लिंदै आइ रहेका छन् । ३२ वटा यनार मध्ये कतिपय इनारहरु लोप भइ सकेका छन् ।

साल्खा टाेल

उपत्यकाकाे अन्य ढुङ्गेधाराको भन्दा फरक आकारको मानिसको अनुहार कुँडिएको ढुङ्गेधारा साल्खा टोलको तीनधारा भित्र रहेको छ । जुन पानीको श्रोतको राजा मानिएको बरुणनागराजाको मानविय आकृति हो । साल्खा टोलमा गोर ल्वहँ नामको लेख्ने बोर्ड आकारको ढुङ्गे स्लेत बाटोको बिचमा राखिएको छ । त्यस ढुङ्गामा साँखुको स्थापनाको इतिहास लेखिएको थियो भन्ने किम्बदन्ती सुन्नमा पाउँछौं । तर ऐतिहासिक पक्ष के छ भने गाइजात्रा पर्वमा गाइलाई परम्परागत बाटो गरी ल्याउँदै त्यस ढुङ्गामा पनि गाइलाई खुट्टाले टेकाएर मात्र कुमारी मण्डपको छेउमा गाइलाई उसिनेको गहुँ खुवाई गाइजात्रा पर्व सुरुवात ग्रिन्छ । त्यस बेला साँखुका परम्परागत बाजा बजाई पूजा गरिन्छ । गाइलाई खुवाउने उक्त कुमारी मण्डपमा कुमारी भित्र्याउने कार्य  दशैंको समयमा गर्दा जिवीत कुमारी, गणेश, भैरब, र बुढीकुमारी समेतको प्रबेशद्धारको रुपमा प्रयोग गरिन्छ । त्यस्तै माघ महिनामा चार दिनको लागी भक्तपुरबाट नवदूर्गा जात्रा ल्याउँदा दुई दिन त्यस स्थानमा मूलदेवी, देवता र संगीत संयन्त्रहरु राखेर नवदुर्गा नाच्न लगाउन पर्दछन् । त्यसको अनुसन्धान गरेमा साँखु र भक्तपूरको अन्य ईतिहास पनि थाहा पाउन मद्दत पुग्दछन् । टोल गणेश नजिकै श्वेत भैरब ब्रम्हाणी पीठको भिंल्वहँ (भिमढुङ्गा) छन् भने उक्त भिमढुङ्गालाई  दुईवटा सिंहको मूर्ति र पित्तलका ५ वटा लागका टोरण राखी सजावत गरेका छन् । होली र पूर्णिमा का रंगिन चाड त्यसै स्थानबाट चीर स्थापना (सप्तरंगी झण्डा झल्लरयुक्त बाँस गाडेर) होली खेल्ने सूचना सार्वजनिक गर्दछन् । त्यस स्थानमा घमाल बजाइ गीत भजन गाउने परम्परा रहेको छ । चारैतिर कलात्मक घर, डबलि, मूख्य बजार, अन्नपूर्ण मन्दिरको भग्नाबशेष, भजनघर, चैत्य आदि देख्न पाइन्छ । साल्खा टोलबाट उत्तरको मूलबाटोबाट सी ढोका भई महादेव स्थान, पोखरी र धेरै देवी देवता र ज्योतिर्लिङ्गेश्वर स्थान पुगिन्छन् । साँखुका आदिबासिन्दाहरुको मृत्यु भएमा त्यसै स्थान गरी लैजानु पर्दछ । कपाली, दोंङ समाजका मृतक गाड्ने चलन छ भने अन्य समाजका मृतक जलाइने परम्परा रहेको छ । उत्त स्थानमा अष्टमातृका पीठ रुद्रायणी देवी रहेको छ भने साँखु मुर्दा ढोकाको ज्योतिर्लिङ्गेश्वर पछाडि नीलकाली चामुण्डा अष्टमातृका पीठ रहेको छ । 

 चलाखु टोलमा प्रसिद्ध शालीनदी जाने परम्परागत बाटो र ढोका छन् भने राजकुलोको उत्तरबाहिनी पनि रहेको छ । साँखुमा राजकुलोको पानी उत्तर दिशातिर पानी बगेको कुलोलाई उत्तरबाहिनी भनिन्छ भने तीन वटा उत्तरवाहिनी छन् । धुँल्ला टोलको फिसचल, साल्खा टोलको ग्वरल्वहँ र धलंक्वः उत्तरवाहिनी प्रमुख हुन्र । टोल गणेश सँगै अष्टमातृका पीठ महालक्ष्मी मन्दिर रहेको छ जहाँ बर्षको एकपटक लिंगो ठड्याइने र ढाल्ने जात्रा नयाँ बर्षको आसपासमा गरिन्छ । बज्रयोगिनी जात्राको पाहुना घर पनि छ जहाँ लिंगोलाई सुरक्षित राखिएको देख्न सकिन्छ । चलाखु टोलमा बिश्वरुप नारायण, देवी डबलि, गाँसी फल्चापाटी लक्ष्मी सरस्वती नारायण मन्दिर र नेपरसिंह चैत्य भगवान रहेका छन् ।

चलाखु टाेल

 दुगाहिती टोलको नाम त्यहिंको परम्परागत ढुङ्गेधाराको नामबाट नामाकरण गरिएको छ भने त्यस ढुङ्गेधारा परिसरभित्र साँखुको अति प्राचीन शिलापत्र बामनदेव राजाको पालामा स्थापना गरिएको भेटिएको छ । त्यस्तै पूरानो शिब पार्वतीको मूर्ति, शिवलिङ्ग, गर्भनारायण आदि मूर्तिहरु र शिलाहरु छन् । गर्भनारायणलाई प्रसूतिको बेला पूजा गरी तोरीको तेल चढाइ छोरा वा छोरी अथवा जुम्ल्याहा बच्चा पाउने भबिष्यबानी गर्ने देवताको रुपमा बिश्वास गरिन्छ । टोल गणेश, लामोपाटी, कृष्ण मन्दिर तथा भित्रपट्टि चोकमा वंषजकी अष्टमातृका पीठ देवी स्थान रहेको छ । त्यसै क्षेत्रमा क्वपाः द्मः बुद्ध प्रतिमा सहित सानो पोखरी समेत रहेकोमा पोखरी हाल लोप भैसकेका छन् । गल्ली भित्र भित्रे चित्रहरुको अवशेष देख्न पाइन्छ । दथुननी चोक यस टोलको प्रसिद्ध चोक हो जहाँ धेरै बर्ष अगाडि मासुको लागि कुनै चौपाया काट्नु अगाडि जाँचबुझ अड्डा बसेको थियो । आल त्यो परम्परा लोप भैसकेकाले साँखु बासिन्दाले खाने मासुमा स्वस्थताको ग्यारेन्ती छैन । यो दुःखको कुरा साँखुबासी सबैले बुझ्न सकेका छैनन् ।

दुगाहिती टोल

अन्तमा हामी सुन्टोलको टोल गणेश, बिष्णु मन्दिर, गरुड स्तम्भ भिमसेन, सिंघिनी, ब्याघ्रिणी, अष्टमातृका गण सहित बज्रयोगिनी देवीको पाहुना घर सहित सोमेश्वर शिवलिङ्गको महत्व थाहा पाउन सकिन्छ । सुन्टोलको सोमटोल अपभ्रंश भएर बन्न गएको हो भने सोमको अर्थ बेदशाष्त्रमा अमृत र चन्द्रमा भनी व्याख्या गरिएको पाइन्छ ।  यस टोलमा काष्ठपत्र अर्थात काठको पातामा अक्षर कुँडिएर पाटी मर्मत गरेको साल महिना गते बार समेत उल्लेख गरिएको जयबली पाटी समेत रहेको छ । जयबली देवता भनी पूजा गर्ने अष्टमातृका पीठको पौराणिक नाम नील भैरव रुद्रायणी हो । यस टोलमा रहेको एउटा मुख्य ढोकालाई छोरी अन्माउने ढोका कलात्मक रुपमा निर्माण गरिएको छ जहाँबाट साँखुका छोरी चेलीहरु विवाह गरी अन्माएर पठाइन्छन् । त्यही ढोकानिर बसेर बेहुला बेहुली पक्षका प्रमुख व्यक्तिहरुले आ–आफ्नो कुराहरु राखी विवाह कार्य समारोह सम्पन्न गर्छन् ।

सुन्टाेल

यसरी साँखु वरिपरि भित्र वाहिर झण्डै साठी वटा शिलापत्र, दुई सय वटा मन्दिर र मूर्तिहरु, पचास वटा भन्दा बढी पाटीपौवा, चाड पर्व, मेला, जात्रा, उत्सव, देवी नाच, घिन्ताङ्गघिसिङ्ग नाच, लाखेनाच, बंमन नाच (यती नाच) आदि परम्परागत नृत्य, सामाजिक प्रचलन सहित हजार घरको शहर भनी ईतिहासमा प्रख्यात भएको नगर साँखुको ईतिहास, गोपालराज वंशावली, डेनिएल राइट, सिल्मालेमी, सिक्रेड्लिनहार्ड, जोहन्सग्रुव र अरभिल डोरभेल जस्ता विदेशी ईतिहासकारहरुले समेत आ–आफ्ना किताबमा वयान गरिएको भेट्टाउने विषय हो । किनभने साँखु एकताका तिब्बतसँगको व्यापारिक मार्ग न्बतभ धबथ तय त्ष्दभत को रुपमा प्रख्यात थियो भने काठमाण्डौ उपत्यका बीस लाख बर्ष अगाडि ठूलो तालको रुपमा रहेको पानी चोभारको गल्छीबाट निकासा गराइ सवृप्रथम स्थापना गरिएको मंजुपटन नगर भन्दा केहि सय बर्ष पछाडि निर्माण गरिएको ऐतिहासिक नगर हो ।

साँखुको बज्रयोगिनी स्थलमा मंजुश्रीको मूर्ति रहेको आशन देख्न सकिन्छ भने बज्रयोगिनी देखि नै मंजुश्रीको एउटा रुप हुन सक्ने ईतिहासकारहरुले अनुमान गरेका छन् । त्यस्तै मंजुश्रीको खड्र्ग बज्रयोगिनी देवीलाई चढाएको ईतिहास तथा तिब्बती राजा श्रङ्चङ्गम्पोसँग भृकुटीको विवाह भएको स्वयम्वर स्थल समेत बज्रयोगिनी रहेको छ । प्रसिद्ध नेपालको इतिहासको प्रथम व्यक्ति नेमुनीको मूर्तिलाई कसैकसैले मंजुश्रीको मूर्ति समेत मानेको छ। नेमुनीको मूर्ति चोरिएको स्थानमा हाल नमूना सानो मूर्ति स्थापना गरिएको देख्न सकिन्छ । बज्रयोगिनी बौद्ध तान्त्रिक पद्धतिबाट स्थापना गरिएको मूर्ति हुन् भने जसलाई हिन्दुहरुले नवदुर्गा, दशमहाविद्मा देवी, योगिनीको रुपमा श्रद्धाभक्तिपूर्वक पूजा अर्चना गर्छन् भने बुद्धिष्टहरुको बज्रचानको बिकास आदि भूमि बज्रयोगिनीमा धर्मधातु महाविहार सहित नौ वटा विहार रहेको स्थान हो । त्यसकारण साँखु बासिन्दाहरु हाल सम्म नौ वटा विहारलाई आफ्नो भाषाबाट गुँविहार अथवा गुँवहाः भनी आइरहेको पाइन्छन् ।

एक महिना सम्म शालिनदीमा स्वस्थानी व्रत उपासना गर्ने स्थान साँखुको पूर्वी नदी किनारमा पर्दछ । समुद्री सतहबाट १३०० मिटर उचाइमा रहेको शालिनदीको स्वस्थानी व्रत उपासना, स्वस्थानी वाचन, माधवनारायणको एक महिने उपवास, कल्पवास आदिको पौराणिक अठारपुराणहरुमा बर्णन गरिएका नियमहरुको प्रयोगात्मक कृयाकलापको स्वस्थानी व्रत साँखुमा बर्षेनी आयोजना गर्नु पर्ने प्रावधान रहेको छ । नेपाल सरकारको गुठी संस्थानबाट अश्वमेघ यज्ञ, द्रोण नवमी, पशुपंक्षी तथा घस्रिने सस्मिप जनावरको जिउँदै आगोमा होम गर्नुपर्ने पूजा, जात्रा, पर्व र पायो जात्रा समेतलाई खर्च व्यहोर्ने गरेकोबाट साँखुको महत्व झल्किन्छन् । ऐतिहासिक नगर साँखुको भ्रमण गरी केहीकुरा बुझिदिनु भएकोमा हार्दिक आभार प्रकत गर्दछौं ।

(लेखकः प्रकाशमान सक्व| २०६८ कार्तिक  | फाेटाे: सत्य नारायण श्रेष्ठ)

श्राेतः साँखु सम्पदा पर्यटन तथा वातावरण समाज

Comments

Popular posts from this blog

साँखु नगरभित्रका बिभिन्न जात्रा परम्परा, नाच, पर्व तथा रागहरु

साँखु नगरभित्रको जात्रा परम्पराः   क. बज्रयोगिनी जात्रा – ८ दिन  ख. बुद्ध जात्रा – १ दिन (साय्मी दबु)  ग. गणेश जात्रा – १ दिन (साःखा टोल, योमह्री पुन्ही)  घ. महादेव जात्रा – १ दिन (ज्योर्तिलिङ्गेश्वर, जनैपूर्णे)  ङ. कृष्ण जात्रा – १ दिन (इपाटोल, कृष्णाष्टमीको भोलि)  च. देवी जात्रा भौद्म जात्रा – १ दिन  (इपाटोल, माघे संक्रान्ती)  छ. नारांद्मः जात्रा – ३० दिन (माघमेला)  ज. भिंद्मः जात्रा – १ दिन (भिंद्धादशी)  झ. गोरखनाथ जात्रा – १ दिन (माघपूर्णे÷सिपून्ही, कपाली समुदाय)  ञ. गाई जात्रा – ८ दिन (बिभिन्न झाँकी सहित)  ट. नवदूर्गा जात्रा – ४ दिन (भक्तपूरबाट ल्याउने)  महादेव जात्रा  नाच  क. देवी नृत्य (परम्परागत चर्या नृत्य)  ख. घिन्ताघिसीं  ग. ताहामचाः  घ. बंमनू जात्रा  ङ. नरसिं जात्रा  च. हिले जात्रा (वाः पिज्याः प्याखं)  छ. माकः प्याखं (शाहीखलको नृत्य)  पर्व  क. सिठी नखः  ख. गठांमुगः चह्रे  ग. क्वाति पून्ही  घ. योमरी पून्ही  ङ. घ्यः चाकु संल्हु  च. यँन्या पून्ही  छ. मोहनी नखः (दशैं)  ज. स्वन्ति नखः (तिहार)  झ. हलिमली पून्ही  ञ. पासा चह्रे  ट. सिला चह्रे (शिवरात्री)  राग  चैत्र बैशाख – धातु र